लसुनले खानालाई विषाक्त हुन दिँदैन
काठमाडौ, वैशाख ३० – लसुनका विभिन्न फाइदाहरू हरेक पटकको नयाँ अनुसन्धानले देखाउँदै आएको छ । हालै भएको अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्त्व भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्न प्रभावकारी साबित हुन सक्छ ।

यो अनुसन्धान जर्नल अफ एन्टिमाइक्रोबियल किमोथेरापीमा प्रकाशित छ । त्यो अनुसन्धान अनुसार, खानपानमा लसुन प्रयोग गर्ने गरे त्यसले एन्टिबायोटिकभन्दा पनि बढी लाभ दिन्छ ।
वासिङ्टन विश्वविद्यालयका अनुसन्धाकर्ताहरूले लसुनमा पाइने डाइलिल सल्फाइड तत्त्व विषाणुद्वारा बनाइने जहरिलो पत्रलाई तोड्न सफल हुन्छ । यति मात्र नभएर यो तत्त्वले औषधिभन्दा पनि राम्रो काम गर्छ, कम समयमै प्रभाव समेत पार्छ ।
यो अनुसन्धानले भोजन र मासुलाई विषाक्त हुनबाट जोगाउन सघाउनेछ । लसुनमा पाइने तत्त्वले भोजन र पर्यावरणमा एउटा विषाणुको खतरालाई कम गर्न सकिन्छ ।












