पाँचथर कपको उपाधि एफ सी तोङ्बालाई

बेलायतमा पहिलो पटक सञ्चालन भएको पांचथर कप फुटबल प्रतियोगिताको उपाधि एफ सी तोङबाले हात पारेको छ। प्रतिस्पर्धी २४ टिमलाई पछि पार्दै उछिन्दै एफ सी तोङबाले पांचथर समाज सेवा युकेले शनिबार (गत २१ अप्रिल २०१२) फेल्थाममा सञ्चालन गरेको पांचथरकप कप हात पारेको हो।

फाइनलका लागि ग्रिनविच एफ सी र तोङबाबीच भएको खेलमा दुबैले एक एक गोल गरेपछि पेनाल्टी सुटबाट तोङ्बाले बिजय हात पारेको हो। विजयी टिमलाई संस्थाका अध्यक्ष एकराज नेम्वाङ्गले ट्रफी, कप र नगद ६०० पाउण्ड प्रदान गरेका थिए।

भेटेरान, ननभेटेरान र अण्डर सिक्स्टीन गरी ३२ टिमले भाग लिएको प्रतियोगितामा ननभेटेरान तर्फ ग्रिनवीच एफ सीले दोश्रो र प्लमस्टेट ब्वाइज तेश्रो भए। दोश्रो हुने टिमललाई वरिष्ठ उपाध्यक्ष नरबीर आङ्बोले ट्रफी र नगद ३०० प्रदान गरेका थिए।

९ ए साइड अन्तर्गत खेलाइएको खेलमा भेटेरानतर्फ के वाइ सी युके पहिलो, साउथर्न भेटेरान दोश्रो र स्याण्डहर्ष एफ सी तेश्रो भए। पहिलो हुने टिमलाई तमुधी अध्यक्ष मुञ्छेत्र गुरुङले ट्रफी, कप र नगद ३०० प्रदान गरेका थिए । त्यस्तै दोश्रो टिम साउथर्न भेटेरानलाई संस्थाका सल्लाहकार सुर्य गुरुङले ट्रफी र नगद २०० प्रदान गरे।

अण्डर सिक्स्टीन अन्तर्गत पहिलो हुने टिम फोक्स्टन युथ र रनरअप के वाइ सी योथलाई क्रमश नर कुमारी लिम्बु र तमुधी युकेका उपाध्यक्ष सुर्य गुरुङले प्रमाणपत्र वितरण गरेका थिए।

स्वर्गिय प्रकाश नेम्वाङ्गको सम्झनामा स्थापित म्यान अप द म्याच कप के वाइ सीका ओम गुरुङ र गि्रनवीच एफ सीका लोकबन्धु गुरुङले हात पारे। त्यस्तै साउदर्न भेटेरानका देव गुरुङ र एफ सी तोङ्बाका चन्द्र ताम्लिङ फेयर प्लेयर घोषित भए।

महासचिव नर थामसुङद्धारा सञ्चालित पुरस्कार वितरण समारोहमा उपाध्यक्ष कुल बहादुर योङ्वा, सल्लाहकार सुरेशचन्द्र जबेगु, मिसेस चित्रकला नेम्वाङ्ग, इश्वर आङ्बुहाङ्ग, सचिव खगेन्द्र लावती लगायत सहभागि भएका थिए। पुरस्कार वितरण समारोहमा मन्तव्य दिंदै तमु धी युकेका अध्यक्ष विशेष अतिथि मुच्छेत्र गुरुङले यस्ता खेलले खेलाडीहरुलाई प्रोत्साहन दिने बताए। पांचथर समाज सेवाले पहिलो पटक सञ्चालन गरेको व्यवस्थित फुटबल खेल अनुशासित रुपमा सम्पन्न भएकोमा उनले प्रसन्नता व्यक्त गरे। आउंदा दिनमा खेलाडीहरुलाई अझै राम्रो प्रदर्शन गर्न उनले आग्रह गरे।

समाजका अध्यक्ष एकराज नेम्वाङ्गले सहभागि खेलाडी तथा शुभेच्छुकहरुलाई धन्यबाद दिए । मर्यादित खेलले समाजको ऐतिहासीक टुर्नामेण्ट सफल भएको उनले दाबी गरे । यस खेलले नेपाली खेलाडीहरुलाई थप प्रोत्साहन दिएको अध्यक्ष नेम्वाङ्गले बताए।

यसअघि, खेलको उद्घाटन प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष कुल आचार्य र संस्थाका अध्यक्ष नेम्वाङ्गले संयुक्त रुपमा गरेका थिए। पुरस्कार तथा ट्रफी वितरण समारोहमा संस्थाका पदाधिकारी एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन दिपक तुम्बापो र सह संयोजन नर थामसुहाङ्गले गरेका थिए।

Leave a Reply

Search Archive

Search by Date
Search by Category
Search with Google

Photo Gallery

Categories

© Everest Real Media Pvt. Ltd

Send us news at: nepaliSamachar@email.com

Users on page Now online: 7
Today: 957
This week: 4500
Overall: 321454