म्यानमारमा नेपाली साहित्य

साउन ७, म्यानमारको यांगोंमा अनेसास, नेपाली संस्कृति कला मण्डलीको संयुक्त आयोजना मा १९९ औ आदिकवि भानुभक्त जयन्ति भव्यता पूर्वक मनाइयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि म्यानमार का लागि नेपाली राजदूत श्री पारस घिमिरे हुनुहुन्थ्यो भने बिशेष अतिथि मा साहित्यकार कृसु छेत्री, बर्माका बरिस्ठ साहित्यकार ठाकुर प्रसाद गुरागाईं आदि हुनुहुथ्यो । प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत ज्यु ले भानु भक्तको महत्व र नेपालीमा यसको उपादेयताको चर्चा गर्दै पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालको भाषागत रूपमा एकीकरण गर्ने श्रेय आदिकविलाई जान्छ भन्नु भयो । कवि कृसु छेत्री, बर्माका प्रसिद्द कवि ठाकुर प्रसाद गुरागाईं, रामानुज न्यौपाने, टेक नारायण रिमाल, बिष्णु पन्थी, मधुकर प्रधान, DR D. B. लिम्बु, आदिले भानुभक्त आचार्य को चर्चा गर्ने तथा कविता वाचन गर्नु भयो. झन्नै ५०० को संख्यामा उपस्थित प्रबासी म्यान्माली नेपालीहरुको त्यस कार्यक्रममा नेपालीहरुको एकमात्र छाता संगठन अखिल म्यान्म देशीय गोर्खा हिन्दु संघको केन्द्रीय पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हरेक वर्ष भानु जयन्तिका दिन प्रदान गरिदै आएको दुबसु साहित्य र संस्कृति पुरस्कार १२ औ वर्षमा यसपटक चर्चित युवा कवि रामानुज न्यौपाने र प्रवीन्हरि प्रधानलाई प्रदान गरिएको थियो. ।

यसै गरि सोहि समारोहमा कवि कृसु छेत्री अनेसास को उपाध्यक्षमा निर्वाचित हुनु भएकोमा सभाको तर्फबाट हार्दिक बधाई तथा सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google

Photo Gallery

Categories

© Everest Real Media Pvt. Ltd

Send us news at: nepaliSamachar@email.com

Users on page Now online: 8
Today: 1134
This week: 1134
Overall: 318088