गोर्खाली र मार्सल आर्ट
विश्वमा मार्सल आर्टको विशेष तथा पृथक महत्व छ । मार्सल आर्टको विकास र विस्तार दिनानुदिन बढिराखेको छ । अन्तराष्ट्रिय जगतमा मार्सल आर्टका विभिन्न विधाहरुलाई पेशाको रुपमा अपनाइ सकिएको छ । ब्रिटिस गोर्खाजहरुको सन्दर्भमा मार्सल आर्टको झनै विशिष्ट महत्व छ । ब्रिटिस गोर्खाजका सिपाहीहरुले सैनिक आधारभुत तालिमको दौडानमा अनिवार्य मार्सल आर्ट गर्नु पर्दछ । आधारभुत तालिम सकिए पछि सैनिकहरु आ–आफ्नो पल्टनमा जान्छन र मार्सल आर्टले ऐछिक रुप लिन्छ । यसरी ऐछिक रुपमा मार्सल आर्ट खेल्दै र सिकाउदै सैनिक
जीवनमा डिग्री हाशिल गर्ने थुप्रै मार्सल आर्ट गुरुहरु हुनुहुन्छ । तिनै गुरुहरुको हुल भित्रको एक गुरु हुन मास्टर राजेश राई ‘थर्ड डान’ (तेस्रो डिग्री) । झण्डै दुई दसक मार्सल आर्टमा खर्चिसकेका मास्टर राजेश विश्वका बिभिन्न अन्तराष्ट्रिय प्रतियोगीताहरुका विजेता तथा सफल खेलाडी मात्र नभई एक कुसल संगठक तथा प्रशिक्षक पनि हुन । दोस्रो गोर्खा राइफल्ससँग सम्वध्द मास्टर राजेश ‘टु आर जि आर तेक्वाण्डो क्लव’ को प्रेसिडेन्ट तथा चिफ इनिस्ट्रक्टर हुनुहुन्छ । गोर्खालीको ऐतिहासिक गाथामा मार्सल आर्टको रङ्ग भरिराखेको छ ‘टु आर जि आर तेक्वाण्डो क्लव’ ले र मास्टर राजेशसँगै वहाँको समुह क्लव सेक्रेटरि राम प्रसाद लिम्बु ‘फस्ट डान’ (पहिलो डिग्री) क्लव एसिस्टेन्ट सेक्रेटरि बलजित लिम्बु, इनिस्ट्रक्टरहरु, किरन राई ‘फस्ट डान’ (पहिलो डिग्री) , मिन राई, हरि राई र सुबास तमाङ्ग सहितको प्रयास पनि त्यहि नै हो । मार्सल आर्ट सिकाएर मार्सलआर्ट कला, अनुशासन, आत्मा सुरक्षा लगाएत आत्मा मनोवलको बिकास सँगै कुसल खेलाडिहरुको उत्पादन गर्नु क्लवको मुख्य उदेश्य रहेको बताउनु हुन्छ मास्टर राजेश ।
पल्टन बेलायतमा छदा, बेलायतको सर्नक्लिफ, डोवर, क्यान्टरबुरी लगाएत विभिन्न ठाँउहरुमा क्लवले प्रशिक्षण दिदै आएको भए पनि पल्टन ब्रुनाइ आए पछि लगतै अफगानिस्तान जानु परेकोले केहि समय प्रशिक्षण अवरुद्ध भएको तर हाल क्लबले सुचारुरुपले प्रशिक्षण शुरु गरेको जानकारी दिनु हुन्छ सेक्रेटरि बलजित लिम्बु । करिब ५० गैर सैनिक प्रशिक्षार्थीहरुले हरेक सुक्रबार र ईच्छुक सबै सैनिक प्रशिक्षार्थीले हरेक बिहिबार क्लबमा मार्सल आर्टको तालिम पाइराखेका छन् । गैर सैनिक प्रशिक्षार्थीहरुमा गोर्खाली सैनिकहरुको नानीहरुको संख्या बढि भए पनि मार्सल आर्टको महत्व बुझेर अन्य स्थानिय ब्रुनाइ तथा बेलायतिहरु तालिममा सामेल भएको देखिन्छ । ‘टु आर जि आर तेक्वाण्डो क्लव’ को यस्तो सराहनिय सवल सक्रियताको लागि एक स्वच्छ सलाम सहित उत्तरोत्तर प्रगतिको कामना छ ।
आई चाम्लिङ्ग, ब्रुनाई












