उद्धारमा खटिएका प्रहरीसहित तीनको मृत्यु

दाङ (तुलसीपुर), १९ साउन । राप्ती नदीमा आएको बाढीबाट आज एक हवल्दारसहित तीन व्यक्तिको मृत्यु भएको छ ।

सतवरिया गाविस वनघुस्री नजिक बगाएका व्यक्तिहरूको उद्धार गर्न खटिएका ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामबहादुर रानाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सिसहनिया गाविस–४ की ४५ वर्षीया खैरु निसाद र गोवडिया गाविस निवासी ज्ञानबहादुर पुन भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले देउखुरी क्षेत्र आसपासका करिब एक दर्जन गाविस डुवानमा परेको बताइएको छ । रासस

Leave a Reply

Search Archive

Search by Date
Search by Category
Search with Google

Photo Gallery

Categories

© Everest Real Media Pvt. Ltd

Send us news at: nepaliSamachar@email.com

Users on page Now online: 4
Today: 514
This week: 5474
Overall: 322428