-
‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन
समाचार
काठमाडौँ, १२ कात्तिकः विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तरराष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त हुनुभएको छ । यसअगाडि (सन् २०२३–२०२६) मा सो जिम्मेवारी सामूहिक रुपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (युरोपेली सङ्घ) ले गर्नुभएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ वार्षिक सम्मेलनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव चापागाईंलाई एकल रुपमा…
































































