प्रवास

हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण

काठमाडौँ, १६ वैशाख । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ ।

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गरे । उनी ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित थिए ।

बराल विसं १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त भए । सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उनीपनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुगेका थिए ।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उनी पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गरे । यसअवधिमा उनलाई मानार्थ कप्तानको दज्र्यानी प्रदान गरियो । मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व। बरालको शालिक स्थापना गरिएको उनका नाती पुजन बरालले जानकारी दिए ।

पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर स्थापना गरेका थिए । उनको जन्म विस १९४७ मा वैशाख १६ गते र देहावसान विस २०१९ असोज ३० गते भएको थियो । उनी सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष भए ।

साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ । यस कृतिमा एक सय ६८ वटा रचना छन् । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व खड्गजीत बराल उनका कान्छा छोरा थिए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button