मनोरञ्जन

नेपाली चलचित्र गोर्खा वारियर छानियो बेलायतको ’बाफ्टा अवार्ड’ मा

काठमाडौं । बेलायतमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत गरेर लोकप्रियता हाँसिल गरेको अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ ।

चलचित्र गोर्खा वारियरका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्ड पछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली चलचित्र चयन हुनुलाई नेपाली चलचित्रको इतिहासमै एउटा ठुलो सफलता मानिएको छ ।
‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अबस्थामा नेपाली चलचित्र गोर्खा वारियार बेलायतकै प्रतिष्ठित अवार्ड वाफ्टामा चयन हुनु नेपाली चलचित्र उधोगकै लागि गौरवको बिषय हो ।’ निर्देशक चाम्सले भने ।

यो अवार्डमा प्रदर्शनी गरिने चलचित्रहरुको सूची वाफ्टाले सार्वजनिक गरेको छ । यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली चलचित्र गोर्खा वारियरले यो अवार्डमा चयन भएको हो । यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा चलचित्र गोर्खा वारियरले प्रतिस्पर्धा गर्ने पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

अब यो अवार्डको लागि यी विधाहरुको लागि उत्कृष्ट पाँचको मनोनयन सूची अगाामी १८ जनवारीमा सार्वजनिक गरिने भएको छ । त्यसपछि मनोनयनमा परेका फिल्मका विभिन्न विधाबीच आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा यो अवार्ड आयोजना हुने भएको छ ।

चलचित्र गोर्खा वारियरलाई नेपालमा भने आगामी फागुन वा चैतमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक चाम्सले जानकारी गराए । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button