समाचार

सिरिजङ्गा लिपि लेखनबारे एकदिने कार्यशाला सम्पन्न

१२ डिसेम्बर, विजयपुर । सिरिजङ्गा लिपि लेखन पद्धतिबारे धरानमा कार्यशाला सम्पन्न भएको छ । लिपि लेखनमा एकरुपता ल्याउने उद्देश्यले मुन्धुम अध्ययन केन्द्रले कार्यशाला आयोजना गरेको हाे ।

साेमबार भाषाशास्त्री तथा प्राज्ञ दिलेन्द्र कुरुम्बाङको प्रमुख प्रशिक्षण र सहजीकरणमा केन्द्रकाे कार्यालयमा रहेको सिरिजङ्गा लिपि लेखनबारे कार्यशाला सम्पन्न भएको सचिव भीमसेन लिङ्दमले बताए ।

कार्यशालामा सहभागीहरू ।

सिरिजङगा लिपि लेखन र प्रशिक्षण कार्यमा विगतदेखि निरन्तर लागिरहेका याक्थुङ भाषासेवीहरूको सहभागिता रहेको सो कार्यशालामा मुख्यतः सिरिजङ्गा लिपि लेखनमा फरक फरक प्रयोगहरू को कारण, उत्पन्न समस्याहरूको समाधानको सम्भावना र अपनाउन पर्ने उचित सिद्धान्तबारे छलफल भएको थियो । सिरिजङगा लिपि लेखनमा प्रचलित र प्रस्तावितको विवाद, सिक्किम र नेपालको सिरिजङगा लिपि लेखनमा तात्विक भिन्नता, सिरिजङगा लिपिमा ७, १२, १४ र १६ वटा वर्णको प्रयोग, सिरिजङगा लिपिमा मुक्फ्रेङ, केम्भ्रेङ, एत्तु, पेच, तिच को प्रयोग आदि बारे प्रष्ट पारिदिन सहभागीहरूको तर्फबाट प्रशिक्षकसमक्ष अनुरोध गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष प्रा. हर्क सुब्बा ईजमबाट कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रकाश पारिएको थियो भने वरिष्ठ तु–तु तुम्याहाङ टिकाराम कुरुम्बाङबाट कार्यक्रम समुद्घाटन गरिएको थियो । आयोजक संस्थाका सह सचिव पदम चेन्जी माबोको सञ्चालन रहेको आजको कार्यशालाको लागि समय छोटो भएकोले आगामी कुनै दिन पर्याप्त समय मिलाएर पुनः आयोजना गर्ने सरसल्लाहका साथ समापन गरिएको थियो ।

मुन्धुम अध्ययन केन्द्र नेपालको आयोजना र महेन्द्र लुम्फुङवा प्रायोजक रहेको आजको कार्यशालामा हर्क सुब्बा ईजम, टिकाराम कुरुम्बाङ, सुमित्रा खेवा इङ्नाम, विनु चेम्जोङ, दिल पाक्साँवा, निश्चलता लाओती, बाली छथरे, मदन सम्बाहाङ्फे, सुनिल थेगुवा, तेज कुमार साँवा, रविन्द्र केदेम, सुवास तेयुङ, पुष्पहाङ लोवा, अमित थेबे मिहाङ, कुलमाया साबाहाङ्फे, हितराम तिल्लिङ, स्वर्णिमहाड फोम्वाे, भविराज तुम्सा, डिल्ली लिङ्दम, पङ्वाहाङ योङहाङ (खेलराज), मोहन तिगेला, बुद्ध कुरुवाङ, पदम चेन्जी माबो, पुङ्लाईङ नेत्र प्रसाद सौदैन, सोम फावेन लगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button