समाचार

थाङ्ग्रा र जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार

१२ डिसेम्बर, लन्डन । पहिचान पुरस्कार कोषले २०७९ सालको ’पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त प्रदान गर्ने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठपुस्तक मध्यबाट दुईवटा कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।

लामो समयवाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आईरहेको नाम हो, ‘प्रगति राई’। उनको आफ्नो कृतिथाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छिन् ।

उन्मुक्त पुस्ता आन्दोलनको अभियान्त मध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनी पहिचान सम्बन्धि लेखन र पत्रकारीतालाई सँगसँगगै बाेकेर हिँडिरेका छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्ष अघिको साहित्यको ईतिहासलाई खोतलेको छ । उनले राजनैति ईतिहासलाई पनि यस कृतिमा केही मात्रमा समेटेका छन् ।

पहिचान पुरस्कार काेषले जारी गरेको विज्ञप्ति ।

संस्थाले जनाए अनुसार, २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’(रिमाचुङ सिलीचुङ) गाउँ पालीका वार्ड नम्बर ४ को सुन्दर डाँडाचखियामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । बैशाख २३ गते एक दिने ‘काव्य मुन्दुम पथ यात्र’ गर्ने तालिका तय गरेको छ । कार्यक्रममा पाल्नु हुने पाहुनाहरुलाई खान र बस्नको लागि व्यवस्था गरिने संस्थाले जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button