विशेष सम्पादकीयस्थानीय

फोनिज युकेका अध्यक्ष राना नेपालीसमाचारको अतिथि सम्पादकमा नियुक्त

लण्डन, ११ डिसेम्बर २०२३ का दिन फोनिज युकेका अध्यक्ष गोमा राना नेपालीसमाचारको अतिथि सम्पादकमा नियुक्त हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युकेकी अध्यक्ष राना लामो समय देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विशेषतः रेडियो पत्रकारितामा सन् १९९१ देखि बिएफबिएस गोर्खा रेडियो मार्फत क्रियाशिल राना युकेको फान्ब्रोमा संचालित रेडियोविजिडब्लुएसमा पनि लामो समय काम गर्नुभयो ।

युकेको स्थानीय समाचार संकलन, सम्पादन तथा अडियो भिडियो डेस्क हेर्नेगरि श्रीमति रानालाई जिम्मेवारी दिइएको हो ।

सन् २००९ बाट शुरु भएको नेपालीसमाचारडटकम, सन् २०११ मा नेपाल प्रेस काउन्सिल र जिल्ला प्रसासनमा नेपालीसमाचार नामक साप्ताहिक प्रिन्ट पत्रिकाको रुपमा दर्ता भई स्थायी प्रमाणपत्र लिएको मिडिया हो भने हाल अनलाईन मिडियामा प्राथमिकताको साथ रहेको छ र केही महिना अघि मात्र नेपालीसमाचारको अंग्रेजी भर्सन टुडेप्रेसडटकम शुरु गरि नयाँ पुस्तालाई र गैर नेपाली भाषीहरुलाई जोडन शुरु गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button