प्रवास

यूकेमा तक्साेक थिसाेक पूजा सम्पन्न

२१ नाेभेम्बर, आसफाेर्ड । यूकेमा तक्साेक थिसाेक पूजा तथा चासाेक तङ्नाम सम्पन्न भएको छ । गत नाेभेम्बर १७ मा आसफाेर्डमा युमा साम्याे महासभा यूकेकाे आयोजनामा गत वर्षझैँ पूजा एवम् तङ्नाम सम्पन्न भएको हाे ।

आसफाेर्डमा सम्पन्न कार्यक्रमकाे झलक ।

याक्थुङ समुदायको महान् पर्व तक्साेक थिसाेक(न्वागी) पूजा र चासाेक तङ्नामकाे अवसर पारेर महासभाले आसफाेर्डकाे साइमन चर्च भवनमा कार्यक्रम गरेको महासभाका यूके अध्यक्ष दिल पालुङ्वाले बताए । येवा दल बहादुर फुरुम्वो लिम्बुकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म भएको थियोे ।

अध्यक्ष पालुङ्वाकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन महासचिव तारा बहादुर कन्दङ्वाले गरेका थिए । उक्त अवसरमा साँस्कृतिक कार्यक्रमअन्तर्गत के:लाङ(च्याब्रुङ नाच), या?लाङ(धान नाच) समेत देखाइएकाे महासचिव कन्दङ्वाले जनाए । जसमा कमल अन्छङ्वो नेतृत्वको के:लाङ टोली, कलाकारहरू धनवीर साँवा, माक्सती ओख्रावु, बाल कलाकार ओईसुम साँवा, राजेन्द्र नेम्वाङ, विमला थलङ, डेनिस पालुङवा, दिवाना पालुङवा लगायतको प्रस्तुति रहेको थियोे । युमा साम्याे महासभा यूकेेकाे स्थापना सन् २०१८ डिसेम्बरमा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button