आदिवासी

सहिद रिदामा र राम्लिहाङलाई सम्झे अभियन्ताहरूले

७ अक्टोबर, लन्डन । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४६ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र नेपालकम अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १४६ र्औँ स्मृति दिवसको अवसर पारेर बुधबार बेलायतमा स्मृति सभा राखिएको किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव विश्वासदीप तिगेलाले बताए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ उनले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

मगर अन्तर्राष्ट्रिय महासङ्घका उपाध्यक्ष एवम् आदिवासी अधिकारकर्मी रुद्र थापा मगरको अध्यक्षतामा भएको स्मृति सभालाई भर्चुअल रूपमा नेपालबाट मंगाेल नेशनल अर्गनाइजेसन डीजीजीका काेषाध्यक्ष जीवन मंगाेलले सम्बाेधन गरेका थिए । उनले नेपालका अहिन्दू मूलवासीहरूलाई राज्यसत्ताले सिलसिलाद्ध ढंगले प्रताडित गरेको आराेप लगाए । आसफाेर्डमा भएको सभालाई चाम्लिङ खाम्बातिम् यूकेका पूर्व अध्यक्ष पदम राई, किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष ज्ञानु फुरुम्वाे, लिम्बुवान नागरिक समाज यूकेका पूर्व सल्लाहकार निर्मल पतङ्वा र सञ्चारकर्मी विश्वासदीप तिगेला, कियाचु यूके आसफाेर्डका संस्थापक एवम् किरात धर्म तथा साहित्य उत्थान सङ्घ यूके उपाध्यक्ष राजेन्द्र खिम्दिङले सम्बाेधन गरेका थिए ।

कार्यक्रमका परिकल्पनाकारमध्येका एक अभियन्ता आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ, यूके एवम् आदिवासी जनजाति युवा महासंघ यूकेका संयोजक अमित थेवेले सञ्चालन गरेको कार्यक्रममा जुममार्फत पनि डेढ दर्जन बढी सहभागी थिए । सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएकाे थेवेले बताए ।

त्यसैगरी, बुधबार नै धनकुटामा रहेको चुलिवनमा सहिदहरूकाे प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिएकाे आदिवासी अधिकारकर्मी एवम् पत्रकार निमा पाेङ्सुवाले बताए । उनले बुधबार बिहानै आदिवासी आठपहरीया महिलाहरूकाे विशेष सक्रियतामा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिएकाे जनाए । नेपालमा पनि विगत तीन वर्षदेखि सहिद रिदामा र राम्लिहाङकाे स्मरण गरिँदै आइएकाे छ ।

– दिल बहादुर पालुंवा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button