समाचार

जसपा लिम्बुवान राष्ट्रिय समितिले पुनर्जागरण अभियान सञ्चालन गर्ने

७ फेब्रुअरी, विजयपुर । नेपालको आठौं प्रदेश, लिम्बुवान प्रदेश सुनिश्चित गर्नका लागि लिम्बुवान पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गर्दै जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

मंगलबार धरानस्थित नगर पार्टी कार्यालयको सभा हलमा भएको बैठकले लिम्बुवान पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सो अभियानका लागि जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आह्वान, नेपालको अबको आठौ प्रदेश, लिम्बुवान प्रदेश निर्माण भन्ने नारा समेत तय गरिएको छ ।

त्यस्तै, बैठकले याक्थुङहरूकाे पवित्र स्थल मुक्कुमलुङमाथि अतिक्रमण गर्ने हेतुले राज्यले शक्ति प्रयोग गरेर जबर्जस्त केवलकार निर्माण गर्न खोजेकोप्रति भत्सर्ना समेत गरेको छ । राज्यको सो कार्यलाई निस्तेज गर्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिको आन्दोलनलाई पूर्ण समर्थन गर्दै लिम्बुवान राष्ट्रिय समिति समेत आन्दोलनमा सहभागी हुने निर्णय भएको समितिका अध्यक्ष जेन्टल लाओतीले जानकारी दिए ।

त्यस्तै, बैठकले विभागहरुमा प्रमुख, उपप्रमुखको जिम्मेवारी प्रदान गरेको छ । संगठन विभाग प्रमुखमा एबिराज आङ्देम्बे, युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा सन्जय मेवाहाङ राई, उपप्रमुखमा बिक्रम लेक्वा लिम्बू, महिला विभाग प्रमुखमा अग्निमाया मेचे, उपप्रमुखमा सुश्मा राई, पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा केदार धिमाल, उपप्रमुखमा सजिब योङ्या, सुचना, संचार, विज्ञान तथा प्रबिधी विभाग प्रमुखमा अजितकुमार धिमाल, कृषि तथा भूमी ब्यवस्था बिभाग प्रमुखमा ओममाया आङदेम्बे, आर्थिक विभाग प्रमुखमा टुपेन्द्र एक्तेन, उपप्रमुखमा मणी लुङ्गेली, शिक्षा विभाग प्रमुखमा सन्तोष कुरुम्वाङ, उपप्रमुखमा सूर्य तमु, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग प्रमुखमा सुरेन्द्र सुहाङ, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा नारायणमान गुरुङ, आर्थिक, नीति तथा योजना विभाग प्रमुखमा क्षितिज लाओती, साँस्कृतिक तथा भाषा विभाग प्रमुखमा देउमान चेम्जोङ, उपप्रमुखमा श्रीप्रसाद धिमाल चयन गरिएको मुख्य सचिव केदार धिमालले जानकारी दिए ।

समितिका अध्यक्ष जेन्टल लाओतीको अध्यक्षतमा भएको बैठकमा जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिम, केन्द्रीय सदस्य प्रेमराज लाओती, दुर्गामाया लिम्बु, केन्द्रीय लेखा विभाग सदस्य दिलेन्द्र कुरुम्वाङ, एक नम्बर प्रदेश समितिका उपाध्यक्ष तथा लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज प्रेम वनेम, प्रदेश कार्यकारिणी सदस्य उपेन्द्र लाओती, कृष्ण कटुवाल, प्रदेश सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सहइञ्चार्ज विष्णु लाओती, प्रदेश सदस्य तेञ्जिङ शेर्पा, किरात राष्ट्रिय समितिका उपाध्यक्ष बिना राई लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button