
काठमाडौं, नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ साहित्य र संगीतमा पनि रुचि राख्दै आएका छन् । फुटकर रुपमा कविता लेख्दै आएका खापुङ पछिल्लो समयमा गीत लेखनमा सक्रिय रहेको कुरा युट्युवमा आएका केही गीतहरुलाई लिएर भन्न सकिन्छ ।
खापुङका तीन गीतहरु युट्युवमा भेटिएका छन् । गायिका मल्लिका कार्कीको स्वरमा रहेको ‘भ्रममा परेँ की भुलमा परेँ…’, देशु सुहाङको स्वरमा रहेको ‘छोडी जाने…’ र रुपक डोटेलको स्वरमा रहेको ‘तिम्रै लागि गाइदिन्छु…’ गीत युट्युवमा छन् ।
भ्रममा परेँ र तिम्रै लागि आलोक श्रीले संगीत गरेका हुन् भने छोडी जाने शान्तिराम राईले संगीत गरेका हुन् । प्रायः गीतहरु मायाप्रेममा लिप्त भएको शब्दहरुमा भेटिन्छ ।
तीनवटै गीतहरुलाई तलको लिंकमा हेर्नुहोस् ।
Leave a Reply