
८ फेब्रुवरी २०२३, लुम्बिनि बौद्ध परिसर भित्र आयोजना भैइरहेको रामायण वाचनको कार्यक्रम प्रति बौद्ध समुदायको चर्को विरोध हुँदाहुँदै पनि हिन्दू समुदायले उक्त कार्यक्रम गरिरहेको छ |
बौद्ध समुदायले उक्त मोरारी बाप्पुको रामायण वाचनको कार्यक्रमलाई बौद्ध परम्परालाई धुमिल्याउने आशयकारुपमा लिएका छन | रामायण वाचनका लागि थुप्रै पिठ र मन्दिरहरु हुँदा हुँदै किन बुद्ध जन्मेको स्थल नै रोजियो भन्ने प्रश्न पनि यतिबेला उठेको छ |यसै सन्दर्भलाई लिएर आदिवसी जनजाती महासंघ युके, सिन्जा खबर नेट्वर्क तथा हिमाली, संस्कृत, पाली आदि बौद्धधर्मलाई प्रतिनिधित्व गर्ने बौद्ध धर्म्बलम्बीहरुले “लुम्बिनी परिसर भित्र मोरारी बापुको ‘राम कथा वाचन ‘ बौद्ध सम्पदा माथिको अतिक्रमण ” बिषयक जुम मार्फत अन्तर्कृया कार्यक्रम भोली माघ २६ गते अदनुसार फेब्रुवरी ९ तारिक नेपाली समय बेलुका छ बजे जूम भर्चुवल कार्यक्रम गर्ने भएकोछ |
उक्त कार्यक्रममा हिमाली बौद्धहरुको तर्फबाट सेए नाम्खाइ दोर्जे, थेरवाद बौद्धहरुको तर्फबाट कश्यप भन्ते (संबिधान सभा सदस्य सुनिलबाबु पन्त ) बज्रयान बौद्धहरुको तर्फबाट बिबेक शर्मा तथा बौद्ध धर्मका विद्वानहरु डा. केशबमान शाक्य, बसन्त महर्जन, टि.बि.पुन, सुमल कुमार गुरुङ र कमला हेम्चुरीसमेतले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन भने अन्लाइन मिडियाहरुले प्रत्यक्ष प्रसारण गर्ने भएका भएका छन |
उक्त कार्यक्रममा सहभागि हुनका लागि आयोजकले जूम लिंक उपलब्ध गराएकोछ |
zoom link -:JoinZoom Meeting
https://us06web.zoom.us/j/8798071499…
Meeting ID: 879 807 1499
Passcode: 1234
तस्वीरः विरोधमा उत्रिएका धर्मालम्बिहरु
Leave a Reply