समाचारसाहित्य सिर्जना

पाख्रिनका कवितामा पाेखिए कविहरू

२७ जनवरी, विजयपुर । पचासकाे दशकबाट कविता लेख्न थालेका कवि सुदीप पाख्रिन शनिबार पनि चुपचाप बसे । यसै पनि शालीन र शान्त स्वभावका धराने कवि पाख्रिन वाचक नभएर श्राेतामा सीमित भए ।

कवि पाख्रिन ।

कलरव धरानले हाेटल रत्न इनमा राखेको ‘दगुरिहिँड्ने चाैबाटाे उत्सव’ मा दुई दर्जन कविहरूले पाख्रिनका कविता वाचन गरे । ताप्लेजुङ, धनकुटा, भाेजपुर, सुनसरी, झापा, माेरङ, उदयपुरका नामुद कविहरूले पाख्रिनकाे दाेस्राे कृति ‘दगुरिहिँड्ने चाैबाटाे’ मा सङ्ग्रहित कविताहरू पालैपालो प्रस्तुत गरे ।

डा. अस्मिता विष्टबाट सुरु भएको वाचन श्रङ्खलामा एकपछि अर्काे गर्दै कविहरू आए । वाचन गर्ने कविहरूमा करुणा राई, विवेक विवश रेग्मी, किरण सिवा, पराजित पाेमु, समीक्षा छिलिङ राई, बद्री भिखारी, अमित थेवे, सविता गाैतम दाहाल, टीका आत्रेय, धिरज राई, रमेशचन्द्र अधिकारी आए । त्यसपछि,  राेशन परियार, मुकुन्द प्रयास, सविता फागाे चाेङवाङ, विनय सरगम, जीवन आराेही, केजी सुब्बा, राज माङ्लाक, देवान किराती, मुनाराज शेर्मा, मनाेज विश्वकर्मा, इन्दु याेञ्जन तामाङ र वीरेन सुब्बाले सुनाए ।

हेमन यात्रीले सञ्चालन गरेको कार्यक्रमाा वाचनअघि कवि पाख्रिनकाे बारे छाेटाे परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियोे । उनका बारे वरिष्ठ कवि बम देवान र लेखक राजेश विद्रोहीले बाेलेका थिए । कार्यक्रम समापनअघि कवि पाख्रिनले कार्यक्रम साेचेकाे भन्दा ठूलो भएको भन्दै कविताकै शैलीमा भने, ‘दियाेकाे अपेक्षा गरेको थिएँ । तर, सिङ्गाे जून पाए ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button