
२३ फेब्रुअरी । किरात राईहरुको मौलिक संस्कार, संस्कृति, रीतिरिवाजमा आधारित चलचित्र ‘यारी’ बेलायतमा प्रदर्शन हुने भएको छ । यो चलचित्रको बेलायत प्रदर्शनको व्यवस्थापन भने किरात राई यायोक्खा बेलायतले गरेको हो।
चलचित्र आउँदो ४ मार्चका दिन लन्डनको अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन हुन लागेको किरात राई यायोक्खा बेलायतका केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिए । चलचित्र हेर्नको लागि उमेर समूह अनुसार १०, १५, २५ र ३५ पाउन्ड शुल्क तोकिएको छ ।
चलचित्रको निर्देशन, पटकथा र छायांकन बीरबहादुर राई (युवराज)ले गरेका हुन् । यो चलचित्रमा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले संस्कार तथा संस्कृतिलाई मेट्दै गएको तीतो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताएका छन् ।
Leave a Reply