स्थानीय

लोपहुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप), २१ मङ्सिर : रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ ।

स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताउनुभयो । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उहाँको भनाइ थियो ।

सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ । माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान सङ्घले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ ।

सङ्घका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ । उहाँका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन् ।

पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृत लोपहुँदै जाँदा उनीहरुको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्केति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताउनुभयो ।

संस्कृतिसँग जोडिएका बाजा लोपहुँदै जाँदा माझीको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था देखेर उनीहरुका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button