प्रवास

कोरीया धनकुटा सेवा समाजमा पुनः राई

कबिराज घिमिरे,
धनकुटा । धनकुटा सेवा समाजकोे छैठौ महाधिवेशनले परदेश राईको अध्यक्ष्यतामा रहेको पुरानो कार्यसमितिलाई पुन निरन्तरता दिएको छ । कोरोनाका कारण स्थगित रहेको अबिधेसन मार्च ५तारिखमा सम्पन्न भएको थियो ।

सभाले ३१ सदश्य नयाँ कार्यसमिती निर्माण गरेको छ । नव कार्यसमिति गठन गरी बधाई तथा कार्यकालको शुभकामना दिदै आगामी दिन अझ राम्रो गर्दै जाने सस्थाका बरिष्ठ उपध्यक्ष कुमर भट्टराई ज्युले बताउनु भयो ।

धनकुटा सेवा समाजलाई ठुलो योगदान दिदै आउनु भएका प्रमुख अतिथी तथा संरक्षक गीता राईको उपस्थीतिमा महाधिवेशन भएको हो । उहाले कार्यसमितिका पदाधिकारीहरुलाई सफत ग्रहण गराउदै आगामी दिनहरुमा विगतमा जस्तै सहयोग गर्ने बताउनु भयो । कोरीयामा रहेको धनकुटेलीहरु गठित भई सन् २००९मा यो सस्था गठन गरिएको थियो । सस्थाले कोरीयामा समस्यामा परेका नेपालीलाई सेल्टर घर निर्माण गरि सहयोग गदै आएको छ ।

त्यस्तै धनकुटामा भुकम्प तथा कोरोना कालमा धनकुटा सहित देशका बिभिन्न भागमा सहयोग गदै आएको अध्यक्ष परदेश राईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button