अनेरास्ववियुको नेतृत्वमा जालपादेवी क्याम्पसको स्ववियु,सभापतिमा अनेरास्ववियुका निर्मला कार्की

धनकुटा । धनकुटाको पाख्रिबास ४ मा अवस्थित जालपादेवी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति सहित सबै पदमा सहमतिमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रतक्ष्य तर्फ सभापतिमा अनेरास्ववियुका निर्मला कार्की निर्वाचित भएका छन् भने सचिवमा अखिल क्रान्तिकारीका सुमित्रा तामाङ र कोषाध्यक्षमा अनेरास्ववियुकै चेतराज पौडेल निर्वाचित भएका हुन् ।

सदस्यमा अनेरास्वियुबाट सुष्मिता भट्टराई निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ पनि सबै संगठनले बाँडेका छन् । समानुपातिक तर्फ ३ मध्ये नेपाल बिद्यार्थी संघबाट उप-सभापतिमा दिपकला राई र सदस्यमा निर्मला श्रेष्ठ निर्वाचित भएका छन् भने अखिल क्रान्तिकारीबाट सह-सचिवमा उमादेवी वयलकोटी निर्वाचित भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*