अन्तर्राष्ट्रिय

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

काबुल, २४ मङ्सिर, (रासस-एएनआई):
इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ “अवैध” अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताउनु भएको छ । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले “अवैध” आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिनु भएको छ ।

उहाँले “गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने” बताउनु भएको छ ।

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।

हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गर्नु भएको थियो ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button