यस बर्षको ’पहिचान पुरस्कार’ अर्पण कार्यक्रम सम्पन्न

भोजपुर । १८ मार्च २०२१ । यस वर्षको देशकै प्रतिष्ठित र ठूलो धनराशिको पुरस्कार पहिचान पुरस्कार शनिबार भोजपुरको चखियामा भव्य कार्यक्रमबीच अर्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रख्यात कवि तथा गीतकार भुपाल राईद्वारा श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङको लेखोटका लेखकद्व्य अर्जुन मावुहाङ, अमित थेवे र गुरु उपन्यासका लेखक कविता राईलाई सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत श्रष्ठाहरुलाई पुरस्कार कोषका संस्थापक काङबाङ नरेश राईले फेटा गुथेर सम्मान गरेका थिए भने कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । यस्तै पुरस्कारको नगदराशी पहिचान पुरस्कार बोर्डका अध्यक्ष प्रकाश नुमिहाङ राईले प्रदान गरेका थिए । सो पुरस्कारको राशी ४ लाख २ हजार २ रुपियाँ रहेको छ । पुरस्कृत श्रस्ठाहरुको सायाचोक्मा नाक्छोङले उठाएका थिए ।

पुरस्कार वितरण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पहिचान कमजोर हुनुमा राज्यसत्ता मात्र हैन स्वयं हामी पहिचानवादीहरुको पनि त्यतिकै कमजोरी रहेको बताए । उनले भने ’हामीलाई एकजुट भएर हाम्रो अधिकार माग्ने सद्बुद्धी कहिल्यै आएन । पछिल्लोपल्ट पहिचानमाथि भएका हस्तक्षेपहरु यसैको उदाहरण हुन् । सकेसम्म म अहिले एकेडेमीलाई सबैको साझाथलो बनाउने प्रयत्नमा छु ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*