‘कोशी’ नामकरणविरुद्धको प्रदर्शनमा हवाइ फायरः मन्त्रीको राजीनामा माग

विराटनगर, १९ मार्च २०२३ । कोशी प्रदेश नामकरण गरेकाे विराेधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

प्रदेश १ पुनः नामांकनका लागि आज चैत्र ५ गते मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा पुलिसले अश्रुग्यास तथा हवाई फायर गरेको हो | आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ । यसै बिच नेपाल राष्ट्रिय जागरण अभियानले एक प्रेश बिग्यप्ती जारी गरेको छ, अभियानका सचिब टेक बहादुर थापाले जारिगरेको बिग्यप्तीमा ‘शान्तिपूर्ण जनप्रदशन माथि भएको पुलिस दमनको नेपाल राष्ट्रिय जागरण अभियान घोर निन्दा एबम भ्रत्सना गर्दछ भनिएकोछ साथै पुलिस दमनको लागि आदेश दिने सरकारको अभियानले राजिनामा को माग समेत गरेको छ |

हेर्नुहोस लाईभ https://fb.watch/jmC1MN5Yx5/

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*