प्रवास

भारतका खसहरुले मनाए आफ्नो संस्कृती

उदालगुडि/
असम खस महासभा, भारतको आयोजनामा यही बैशाख २२ गते धेमाजी जिल्ला, सिलापथर, डिमौ नदिको बगरमा दुई दिने संसारी पूजा सम्पन्न भएकोछ |

महासभाका अध्यक्ष माधब दाहालले खस समाजको खुडा,खुकुरी र ढाल अंकित नेजा (झण्डा ) फराएर पूजाको शुभराम्भ भएको थियो |महासभाका मुलसचिब तुलसी भट्टराइका अनुसार मष्टका धामीहरुबाट मष्ट देउता, भुवानी लगाएत पितरोहरुको पूजा तथा प्राथना गरेर संसारी पूजा गरिएको थियो |उक्त पूजामा उदालगढी,तिनसुकिया, शोडिपुर, बिश्वनाथ, धेमाजी,बडाइगाउ,कामरुप, शिबसागर लगाएतका जिल्लाहरुबाट मष्टोधर्मी खसहरुको उपस्थिती रहेको थियो | महासभाका पूर्व अध्यक्ष डा। हर्क बहादुर छेत्री, पूर्व मुल सचिब दिपक निरौला, महासभाका उपसभापती कमल दाहाल लगाएतको आतिथ्यथामा पूजा भएको थियो | नौमती बाजागाजाका साथ भएको उक्त पूजामा खस संस्कृती झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो | मष्टको जाँत, मष्टको पैठ, भुवो, देबली पूजा, भुमे पूजा, चेलतिहार, उधौली, उभौली जस्तै संसारी पूजा पनि खसहरुको एक महात्वपूर्ण पर्ब हो |

भारतको असम राज्यमा बस्ने खसहरुले यसअगी अलग अलग रुपमा संसारीपुजा मनाउदै आएका भएता पनि यो बर्ष भने उनिहरुले सामुहिकरुपमा एकै ठाउमा भेला भएर पूजा गरेकाछन |संसारीपुजा लोकको शुख,शान्ती तथा सहकालको प्राथना गर्नको लागि गर्ने परम्परा रहेकोछ |धेमाजी जिल्लाको सकृयतामा सम्पन्न उक्त संसारीपुजामा आएका पालीहरुलाई पूजा पष्चात मष्टका धामिले आलम,प्रसाद र बाहुली प्रदान गरेका थिए |

खस सस्कार,संस्कृती नमासियोस र आगामी दरपिडीलाई आफ्नो संस्कृती हस्तान्तरण गर्न सकियोस भन्ने ध्ययले यस किसिमको कार्य गरिएको महासभाले जनाएकोछ |

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button