कोशी नामाकरण अस्वीकार गर्दै पूननामाङ्करणको आन्दोलन: अनिश्चितकालीन आमहडताल


२२ मार्च २०२३ कोशी नामाकरण अस्वीकार गर्दै पूननामाङ्करणको आन्दोलन झनै चर्किने भएको छ । प्रदेश न १, को पूनः नामाङ्कन सयुक्त सर्घष समितिले आफ्नो लामो आन्दोलनको कार्यक्रमहरु सार्वजानिक गरेको छ ।

हेर्नुहोस जस्ताको तेस्तैः

प्रेस विज्ञप्ति

२०७९ फागुन १७ गते प्रदेश नम्बर १ को बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त इतिहास र साझा पहिचानलाई नामेट पार्दै षड्यन्त्रपूर्वक छलकपटपूर्ण एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा उक्त प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन दबाब दिने उद्देश्यले ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले २०७९ चैत ५ पछिको आन्दोलनका कार्यक्रमहरु निम्न अनुसार हुने घोषणा गर्दछ :

१. गाउँ/सहर जागरण मार्च अभियान (प्रशिक्षण, प्रतिरोध संरचना निर्माण, सङ्घर्ष समितिको पूर्णता) : कम्तीमा १५ दिन । प्रारम्भ २०७९ चैत १० गते ताप्लेजुङ, ११ गते पान्थर, १३ गते झापा, १४ र १५ गते सुनसरी क्रमशः ।

२. जिल्ला सभाहरु सबै १४ जिल्लामा ।

३. क्षेत्रीय सभाहरु ।

४. काठमाडौँमा मोटरसाइकल जुलुस सहित सभा ।

५. राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरुसँग समन्वय र छलफल ।

६. प्रदेश नं. १ भर सरकारी निकायहरु, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने ।

७. पूर्व घोषित कार्यक्रमहरुको निरन्तरता :
– सरकारी निकायहरुमा तालाबन्दी र कालो झन्डा रोप्ने ।
– कोशी बोर्ड लेखनमा रोक, लेखिएकाहरु हटाउने/मेटाउने ।
– कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने ।
– प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार ।
– प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम ।
– प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान ।
– प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा ।

८. प्रदेश नं. १ प्रदेश सभा घेराउ/अवरोध साथै अनिश्चितकालीन आमहडताल (समय पछि तोकिने) ।

२०७९ चैत्र ८ गते


Be the first to comment

Leave a Reply

Your email address will not be published.


*