समाचार

विनेसाम दक्षिण यूकेकाे चाैथाे अधिवेशन अक्टोबरमा हुँदै

३ अप्रिल, लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेकाे चाैथाे अधिवेशन अक्टोबरमा हुने भएको छ । महासङ्घकाे अप्रिल एकमा बसेको बैठकले अधिवेशनकाे समय ताेकेकाे हाे ।

आसफाेर्डकाे  गाेरखा भिल्ला रेस्टुरेन्टमा भएको बैठकले अक्टोबर २ अगावै निर्वाचन मणडल घाेषणा गर्ने निर्णय गरेको छ । कावा अध्यक्ष सर्वधन राईको अध्यक्षतामा भएको बैठकले आगामी जून २ तारिख आइतबारका दिन फार्नबाेराेमा नवाैँ वातावरण साहित्य गाेष्ठी समेत आयोजना गर्ने भएको छ । यसका लागि विनेसाम पश्चिम यूके शाखासँग सहकार्य गर्ने निर्णय भएको छ ।

यसैगरी, निकट भविष्यमा विश्वविख्यात साहित्यकार विलियम सेक्सपियरकाे जन्मघरमा साहित्यिक भ्रमण गर्ने र यसका लागि केन्द्रीय उपाध्यक्ष विजय हितान र सहसचिव लाहाङ चेम्जोङलाई संयाेजन गर्ने जिम्मा दिइएको छ । विनेसाम दक्षिण यूके र पश्चिम यूके शाखालाई समायोजन गरी एउटै कार्य समिति बनाउने प्रस्ताव आगामी वातावरण साहित्य गाेष्ठीमा लगिने समेत निर्णय भएको छ ।

बैठकमा सल्लाहकार ओैँतारी साइला गुरुङ, गणेश पुन र  मिडिया सचिव विश्वजित थापा मगरकाे समेत उपस्थिति रहेको थियोे । विनेसाम यूकेकाे स्थापना सन् २०१६ मा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button