
गत २२ अप्रिल २०२३ का दिन किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति शाख युकेको आयोजनामा किरात धर्मलम्बीहरुको सामुहिक माङगेन्ना आस्फोड केन्टमा सम्पन्न भएको छ ।
केन्टमा बस्नु हुने सम्पूर्ण किरात धर्मलम्बिहरुको संयुक्त मागेन्ना गरिएको हो । किरात धर्मलम्बीहरुको केन्टमा राम्रौ उपस्थिति रहेता पनि यसरी बृहत् रुपमा सामुहिक माङगेन्ना गरिएको पहिलो पटक हो तर घरमा सेवासाबा बोलाएर आआफ्ना माङगेन्ना गरिन्थ्यो । प्रवासी जीवन अति ब्यस्तता हुने समय मिलाउनु गारो हुने भएको हुदाँ शनिवार र आईतबार सबैको बिदा हुने हुदाँ सो मौका मिलाएर यो सामुहिक माङगेन्ना कार्यक्रम आयोजना गरीएको कुरा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ बताउनु भयो ।
सामुहिक माङगेन्ना कार्यक्रममा किरात धर्मलम्बिहरुको आशलाग्दो उपस्थिति देखिएको थियो । सो माङगेन्ना कार्यक्रममा १७० भन्दा धेरै भक्तजन माङगेन्ना सेवा गर्न उपस्थिति भएका थिए ।
माङगेन्ना किरात याक्थुङ लिम्बुहरुको परम्परा देखि मान्दै आएको मौलिक संस्कारहरु मध्ये एक मुख्य संस्कार सास्कृतिक बिम्व हो यदि तपाईको माङगेन्ना उच्च छैन भने शिर ढलेको छ भने हरेक कुरामा असफल र असक्षम भईने र माङगेन्ना ज्योती निभ्यो भने तुम्याहाङ वा ब्यक्तिको मृत्यु हुने सम्म हुन्छ भनेर तुम्याहाङ साथै गाउघरका बुढापाखाहरुले बताउने गर्छन त्यसैले माङगेन्ना उच्च राख्न ६÷६ महिनामा वा एक बर्षमा एक पटक गर्नु पर्छ भने धार्मिक बिश्वास रहि आएको छ ।
कार्यक्रम ब्यवस्थापन संयोजक सहकोषाध्यक्ष केवाहाङ चेम्जोङ भनु हुन्छ बिगत समयमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले अन्य धेरै धार्मिक गतिबिधिका कार्यक्रमहरु आयोजना गरेता पनि यसरी सामुहिक माङगेन्ना गरिएको थिएन यसरी सामुहिक माङगेन्ना कार्यक्रम आयोजना गरिएको पहिलो पटक आस्फोट केन्टमा हो भक्तजनहरुको सामुहिक उपस्थितिमा गरिएको पहिलो संयुक्त माङगेन्ना हो ।
साम्दाङगेन्न वरुमसाबा मंगल सिं लिङदेनबाट माङगेन्ना मुन्धुम बाचन गरिएको थियो अन्य माङसेवा सावा, माङसेवासामाहरुले साथ दिएका थिए ।
माङगेन्ना सेवाको साथमा सास्कृतिक संयोजक निर्मल पतङवाको संयोजनमा माङलाङ समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अथिति जेत ब. मेन्याङबो अथिति बिश्वादीप तिगेला रहनु भएको थियो भने संस्थाको उपाध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई युके शाखा महासचिव लाल लिङदेन, सचिव मान माबोहाँङले संचालन गरेका थिए ।
- ज्ञानु फूरुम्बो चरपे
Leave a Reply