मनोरञ्जन

वरिष्ठ गायक वैद्यको निधन

काठमाडौँ, ५ माघ : वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२: ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका उहाँ पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहनुभएको थियो । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित हुनुहुन्थ्यो । विसं २००३ मा नरदेवीमा जन्मनुएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button