बेलायतमा एनआरएनए यूकेको पहलमा नक्कली भुटानीको ‘लिष्ट’ तयार हुंदै

लन्डन, १७ मे २०२३ । नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारी समातिने क्रमले उग्र रुप लिइरहेका बेला बेलायतमा समेत नक्कली भुटानीको लिष्ट बनिरहेको छ ।

एनआरएनए यूकेको पहलमा बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी भनेका नेपालीहरुको लिष्ट तयार भएको छ। उक्त लिष्टमा गैर आवासीय नेपाली संघका केन्द्रका पदाधिकारी देखि नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष, बेलायतमा केहि पार्टीका नेता हु भन्ने, गायन पेशामा आवद्ध व्यक्ति, युरोपकै पुरानो नेपाली संस्था यती एसोसिएसन यूकेमा महासचिव भइसकेका व्यक्ति समेत छन् ।

‘बेलायत बस्नकै लागि भुटानी शरणार्थी बनेर सार्वभौम स्वतन्त्र देशको बद्नाम गर्ने, जन्मभूमिप्रति घृणा फैलाउने र ब्रिटिश सरकारको आंखामा छारो हालेर गैर कानूनी काम गर्नेहरु सजायको भागिदार बन्नु पर्छ भनेर हामीले यस मुद्दालाई एनआरएनए यूकेले अगाडि बढाएको छ। यथेष्ट प्रमाण बटुलेपछि ति देशद्रोहीविरुद्ध होम अफिसमा उजुरी समेत गरिने चेतावनी एनआरएनए यूकेको छ ।

यसैबीच, एक नक्कली भुटानीकै आयोजनामा आउंदो २१ मे आइतबार लन्डनमा हुने भनिएको एक अवार्ड कार्यक्रम वहिष्कार गर्न एनआरएनए यूकेले आव्हान गरेको छ।

‘होम अफिसको रेकर्डमा नक्कली भुटानी तर आफूलाई वरिष्ठ पत्रकार भन्ने नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्षले चन्दा उठाउंदै गर्न लागेको अवार्ड कार्यक्रम समस्त बेलायती डायस्पोराकै लागि लज्जाको विषय हो । त्यस्तो कार्यक्रममा गएर, सम्मानको खोस्टो बोकेर उल्टै आफ्नो उचाईं नघटाउन सबैमा एनआरएनए यूकेले अपिल गर्दछ’।

नेपालको अनुसन्धान केन्द्रमा अस्थाई जागिर खादा शर्मा बेलायतमा भुटानी शरणार्थी हुदा आचार्य भएर ब्रिटिश सरकारको आंखामा छारो हालेको वेक्ती, पत्रकारिताको आडमा बेलायतको नेपाली समाज भांड्ने,मानिसको चरित्र हत्या गर्ने, धम्क्याउने र एनआरएनए सञ्जालको दुरुपयोग गर्ने ‘नक्कली भुटानीले वंसज को नेपालीहरुलाई ठगिगर्ने अवार्ड कार्यक्रम जानुको औचित्य छैन।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*