हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा कुशुम कुमारी श्रेष्ठ सर्वसम्मत चयन

धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठानको चौथो साधारणसभाले अध्यक्षमा कुशुम कुमारी श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ।

११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र विष्ट र नगेन्द्र गहतराज, महासचिवमा विष्णुमाया कन्दङ्वा, सचिवमा दुर्गा खजुम सुब्बा, कोषाध्यक्षमा भीम खेवा तथा सदस्यहरुमा रोम बाजिम्पाक, शुक्रि राई, सरिता बराइली, भरतसिंह राई र ओमप्रकाश निरौलालाई सर्वसम्मत चयन हुनुभएको छ।

प्रतिष्ठानको संरक्षकमा हरिराज खेवाकी श्रीमती गिता गुरुङ खेवा रहनुभएको छ। प्रतिष्ठानको सल्लाहकारमा हेमराज भण्डारी, धनमाया वि।क।, तिलकप्रसाद राई, तोर्णदिप तिगेला, ढुण्डिराज थापा, मोहन दास गुरुङ, ऋषिराम ढुंगाना, विष्णु पारघरी, ईश्वरी प्रसाद ओझा, उमेश राई र यमबहादुर बस्नेत चयन हुनुभएको छ।साधारणसभामा प्रतिष्ठानका निवर्तमान अध्यक्ष विष्णु पारघरीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष ऋषिराम ढुंगानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*