युके विशेष

गोरखा च्यानल पुन: शुरु

लण्डन । २६ जनवरी २०२४, बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ ।

गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो ।

सो च्यानलबाट अहिले पाक्षिक रुपमा ‘स्पेशल टक’ र ‘माई भ्वाइस’ (मेरो आवाज) गरी दुई वटा पाक्षिक कार्यक्रम प्रसारण गरिने छ ।

‘स्पेशल टक’को पहिलो अंकमा सोलिसिटर उत्तरमान तिगेलासित बेलायतको नयाँ आप्रवासन नीति र त्यसले नेपालीहरुलाई पार्ने प्रभावका बारेमा वार्ता गरिएको थियो ।

महिला अतिथिसित कुराकानी गरिने ‘माई भ्वाइस’को पहिलो अंक छिट्टै प्रसारण गरिने बताएको छ ।

एता गोरखा च्यानल डट कम नामक वेभसाइट पनि शुरु गरिएको छ । पहिलेको वेभसाइटलाई परिमार्जन गरी समाचारमूलक वेभसाइट बनाउने कोसिस गरिएको पनि सेनेले जानकारी दिइन् ।

गोरखा च्यानल बेलायतबाट केही वर्षअघिसम्म विभिन्न कार्यक्रमका साथ सञ्चालनमा थियो तर केही समययता भने प्रसारण अवरुद्ध भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button