जसपा संसदीय दलको नेता बने उपेन्द्र

काठमाडौं, मे २२ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन्।

सोमबार बसेको जसपा संसदीय दलको बैठकबाट अध्यक्ष यादवलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो।

यादव गत उपनिर्वाचनमा बारा-२बाट निर्वाचित भएका थिए।

यसअघिका संसदीय दलका नेता रामशाहय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपामा संसदीय दलको नेतृत्व नेतृत्वविहीन बनेको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*