आदिवासीसमाचार

लिम्बुको जातिय उत्थान संस्था चुम्लुङको पूर्वअध्यक्षको निधनः सम्मानमा कार्यालय बन्द र झण्डा झुकाइने

काठमाडौं, ३० अक्टोबर २०२३, लिम्बुको जातिय उत्थान संस्था किरात याक्थुङ चुम्लुङको पूर्व अध्यक्षको निधनमा आज १ दिन कार्यालयहरु बन्द गर्ने र ४ दिन सम्म झण्डा झुकाई औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

चुम्लुङले एक सूचना जारी गरि सो कुरा जनाएको हो । लेखक, शोधकर्ता एवं पूर्व अध्यक्ष मंजुलकुमार सिंह याक्थुङबाको हिजो २९ अक्टोबर (कार्तिक १२) का दिन ८८ बर्षको उमेरमा निधन भएको थियो र हिजै सम्मान सहित काठमाडौं आर्यघाटमा लिम्बु संस्कारबाट अन्त्येष्ठी गरिएको थियो । स्व. याक्थुङबाले ३८ बर्ष सम्म सरकारी सेवा गर्नुभई उपसचिव पदमा सेवानिवृत्त हुनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button