आदिवासीयुके विशेष

मगर संघ युकेले एक च्यारिटीबाटै उठायो ४८ लाख

गत ३० सेप्टेम्बर २०२३ का दिन मगर संघ युकेले एकै च्यारिटी कार्यक्रम मार्फत करिब नेरु ४८ लाख (३० हजार पाउण्ड) उठेको छ ।

मगर संघ युकेको आफ्नै भवन रहेको छ र सो भवनलाई अझ विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको च्यारिटी कार्यक्रममा सो रकम उठेको कुरा च्यारिटी कार्यक्रमका संयोजक एवं मगर संघका उपाध्यक्ष रुद्र थापामगरले जनाएका हुन ।

कार्यक्रममा नेपालबाट पाल्नु भएका कलाकारहरु शिला आले, देवी घर्ति, नबिन आले मगर, सपना रोका लगायतलाई सम्मान पनि गरिएको थियो भने कार्यक्रमलाई प्रमुख अतिथि विश्व किर्तिमानी आरोही हरि बुढामगर र बिशेष अतिथिको रुपबाट गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह मगरले सम्बोधन गरेका थिए ।

च्यारिटी कार्यक्रममा कानुनको बारेमा, स्वास्थ्यको बारेमा पनि प्रिजेन्टेशन गरिएको थियो ।

नेपालमा जनसंख्याको हिसाबमा तेस्रो ठूलो जनसंख्या (७.१) भएको मगर जातिको जनसंख्या युकेमा पनि नेपालीहरु मध्ये सबैभन्दा धेरै भएको मानिन्छ । हरेक क्षेत्रमा प्रगतिउन्मुख मगरहरु राजनीतिको क्षेत्रमा भने संकटउन्मुख देखिन्छ । मगरहरुको घना बसोबार रहेको इलाकालाई ३ प्रदेशमा विभाजन संगै मगरहरुको निर्णायक तहको पहूच क्रमशः घटदो छ तर मगर संघले चेतनामुलक कार्यक्रम गर्ने गरेको छैन ।

मगर संघ युकेकी अध्यक्ष श्रीमति सिता पुनको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रमलाई महासचिव गुमान सिं थापामगरले संचालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button