प्रवाससमाचार

नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अगाडी बढ्ने शक्ती हामी मात्र हो – उपेन्द्र यादव (भिडियो सहित)

न्यूयोर्क/नेपालमा अहिले ठूला राजनितीक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न रहेको जसपाका अध्यक्ष मा.उपेन्द्र यादवले बताउनुभएको छ । अगष्ट २ का दिन यूयोर्कमा नेपाली समाज अमेरीकाले आयोजना गरेको कार्यक्रममा उहाले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता, समानुपातीक प्रणाली, समावेसीकरण, धर्मनिरपेक्षता र गणतन्त्र नचाहाने शक्तीहरू सल्बलाएको बताउनुभयो ।

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसास्कृतिक विभिधतायुक्त समाज रहेकोले यहा कसैले कसैलाई पनि विभेद गर्न नहुने र समाजमा एकता, सत्भाव र एक अर्काको पहिचान स्विकारेर मात्र देश विकास गर्न सकिन्छ । जनयुद्व, जनान्दोलन, मधेश विद्रोह, आदिवासी जनजाती आन्दोलन र दलित, मुस्लिम, थारू साथै महिलाहरूको बलिदानीपूर्ण संघर्ष र त्यागका बाबजुत अहिलेको व्यवस्था आएको हुनाले यसको रक्षा गर्दै समाजवाद उत्मुख विकासका योजनाहरू अगाडी बढाउनु हामी सबैको जिम्मेवारी रहेको बताउनु भयो । अहिले देशमा ठूला भनिएका शक्तीहरू नै प्रतिगामी सोच र चिन्तनका कारण यो व्यवस्था नचाहाने तत्वहरूलाई बल मिलेको छ, तर जनता समाजवादी पार्टीले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र भन्दा पछाडी हट्ने कुनै पनि सम्झौता नगरी यसलाई जोगाएर अझ प्रगतीशिल रूपमा जनताको माग बमोजिम संविधानलाई परिस्कृत रूपमा संशोधन गर्दै अगाडी बड्नुपर्ने बताउनु भयो ।

अर्को फरक प्रशंगमा प्रवासमा रहेका नेपाली नागरीकहरूले आगामी निर्वाचनदेखी मतदान गर्न पाउने व्यवस्था अहिलेको सरकारले गरिरहेको बताउनुभयो, यसमा प्राविधिक रूपमा प्रत्यक्ष उम्मेद्वारलाई मत दिने व्यवस्था मिलाउन नसकिएला तर समानुपातीक प्रणालीमा मतदान गर्न सकिन्छ । प्रचण्ड नेतृत्वको सरकारका एक प्रमुख घटक रहेको जसपाले अहिलेको सरकारले गरेका हरेक कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै आएका छौ, जनताको समस्या समाधान हुने जनजिविकाको यवालमा हामी सधै सरकारको साथमा छौ तर जनताको हित विपरितका कुनै पनि सरकारको कदमलाई हामी समर्थन गर्दैनौ । उहाले अहिले देशमा धार्मिक द्वन्द मच्चाउने, सामाजिक सत्भाव खल्बल्याउने र अराजकता निम्त्याएर संघियतालाई दोष दिने तत्वहरूले देशलाई बर्बाद पार्ने खेल खेलिरहेको बताउनु भयो । साथै सरकारले संघिय ऐन बनाएर संविधानले तोकेको प्रदेशहरूको अधिकार तत्काल दिएर जनतालाई संघियताको महसुस गराउनु पर्ने छ ।

प्रदेश सरकारलाई अधिकार नदिने अनि काम भएन भन्नु गलत हो, नेपाल जस्तो देशमा सबैको पहिचान र अस्तित्व स्विकार्नु अपरिहार्य छ । प्रदेश नः १ को सन्दर्भमा चुनाव मा जादै गर्दा बहुपहिचान भन्ने अनि संसदमा गएपछी एकल जातिय धार्मिक पहिचान मात्र दिने यो ठिक भएन, कोशी प्रदेश नाम राख्छौ हामीलाई मतदान गर भनेर कसैले भनेको थिएन , त्यसलाई त्यहाको ऐतिहासिक भुगोल, जातिय बसोबास, मानव समाजको ईतिहासको आधारमा सबैले स्विकार्ने पहिचान दिनु पर्ने बताउनु भयो ।त्यसमा अहिलेको लागी उपयुक्त नाम किराँत लिम्बुवान हो, त्यसरी नै पहिचान र सामार्थको आधारमा १०+१ प्रदेश हाम्रो पार्टीको बटमलाईन नै हो ।

संघिय व्यवस्था भनेकै देशको विभिधतलाई समेट्ने व्यवस्था हो , यसमा सबैको पहिचान समेटिएको हुन्छ तर नेपालमा महेन्द्रकालिन खोलानालाको नाम र राज्य सत्तामा सयौ वर्षदेखी हालिमुहाली गरिरहेका जातिहरूको एकल वर्चस्व रहने गरी प्रदेशहरूको सिमाङकन गरिएकोले संघिय ब्यवस्थालाई बदनाम गरिएको छ यसलाई संविधान संशोधनमार्फत पुनसंरचना गर्नु पर्छ । अहिले केही कांग्रेस एमाले वा माओवादी नेतामा संघियतालाई कमजोर बनाएर पुनः एकात्मक व्यवस्थामै रमाउने सोच बोकेकाहरू रहेकाले यो व्यवस्थालाई बलियो बनाउदै अगाडी बड्ने जिम्मेवारी पनि जनता यमाजवादी पार्टीको रहेको छ । साथै अहिले प्रदेश नः १ मा भईरहेको पहिचानवादीहरूको आन्दोलनमा जसपाका नेता कार्यकर्ताहरूको नेतृत्वदायी भुमिका रहेको छ , हामी कुनै पनि हालतमा कोशी नाम खारेज गरेर जनताको आन्दोलनको माग र जनताको चाहानामा बहुपहिचानयुक्क किरात लिम्बुवान वा त्यस्तै पहिचान समेटिएको नाम राख्ने बताउनु भयो । साथै अब यो आन्दोलन देशव्यापी रूपमा फैलिने पनि बताउनु भयो ।

छोटो समयका लागी अमेरिका भ्रमणमा आउनुभएका जसपा अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री मा. उपेन्द्र यादवलाई न्यूयोर्कमा नेपाली समुदायको तर्फबाट स्वागत र सम्मान गरिएको थियो । त्यसक्रमा नेपाली समुदायका अगुवा बुद्वीजिवी, समाजसेवी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा संघियता, पहिचान, समावेसी समानुपातिक प्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष जस्ता जनताको पक्षमा उभिने र रक्षाको लागी पनि जसपामा नै आशा विश्वास र भरोसा रहेको बताए । नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संन्चालन पूर्व महासचिव लोक चेम्जोङले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button