समाचार

पत्रकार एवम् कवि मेन्याङ्वाेलाई पितृशाेक

२ जनवरी, विजयपुर । वरिष्ठ पत्रकार एवम् कवि प्रदीप मेन्याङ्बोलाई पितृशोक परेको छ । उनका पिता भूपेन्द्र मेन्याङ्बोको ७४ वर्षको उमेरमा मङ्गलवार धरान-१५ स्थित निवासमा दुःखद निधन भएको हो ।

ताप्लेजुङको साबिक थेचम्बु ३ आम्बेबुङ्मा बैदारखाल परिवारमा २००६ साल पुस १६ गते जन्मिएका स्व. मेन्याङ्वाे फोक्सो सम्बन्धी रोगका कारण उपचाररत अवस्थामा थिए । उनको अन्तिम संस्कार बुधवार बिहान साढे ११ बजे धरान-१५ स्थित खत्रीधारामा भएको परिवारले जनाएको छ । उनकाे याक्थुङ सँस्कारअनुसार शनिबार खा:उमा(शुद्धाई) गरिनेछ ।

पत्रकार प्रदीपकाे बुवाकाे निधनप्रति विभिन्न संघसंस्था एवम् व्यक्तिहरूले दु:ख एवम् परिवारप्रति समवेदना प्रकट गरेको छ । मेन्याङ्वाे कियाचु धरानका पूर्व अध्यक्ष, युमा साम्याे महासभा नेपालका केन्द्रीय सदस्य, मेन्याङ्वाे कल्याणकारी संस्थाका सदस्य समेत हुन् । उनी नेपाल पत्रकार महासङ्घका पूर्व राष्ट्रिय पार्षद समेत हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button