
२९ जनवरी २०२३ का दिन धनकुटा सेवा समाज युकेको नयाँ नेतृत्वमा मान प्रसाद लिम्बु चयन भएका छन ।
अल्डरसुट मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले लिम्बुलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा गणेश लिम्बु र विश्वास दीप तिगेला, कोषाध्यक्षमा शुक्र लिम्बु र सदस्यहरुमा राधा राई निर्वाचित भएका छन । बाँकी पदाधिकारी आगामी बैठकमा मनोनयन गरिने जनाएको छ ।
अधिवेशनमा महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भए लगतै अध्यक्ष तेज पुलामीले पुरानो समिति विघटन भएको घोषणो गर्दै ३ सदसिय निर्वाचन मण्डलमा पूर्ण लिम्बु, लक्ष्मी पुलामी र ज्ञान बहादुर लिम्बु रहेको घोषणा गरे ।
निर्वाचन मण्डलले उम्मेदवारी परेका पदाधिकारीहरुको घोषणा गर्दै सफथ खुवाएका थिए ।
अधिवेशनमा धनकुटा नगर पालिकाका पूर्व मेयर हेम तामाङ, पाख्रीबास समाजका संयोजक यान गुरुङ लगायतको उपस्थिती थियो ।
Leave a Reply