NRNA Special

एनआरएनए अध्यक्षमा डा. बद्री केसी विजयी (मत सहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् ।

१९ अक्टोबरका दिन भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए ।

डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे ।

काठमाण्डौंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००), डा. विनोद श्रेष्ठ (१५६०) र डा. हेम राज शर्मा (२२६५) निर्वाचित भए ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् ।

यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए ।
यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भए ।

महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् ।

यस्तै ६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।

संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन् ।

यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् ।

सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button