युके विशेष

स्याङतान अध्यक्ष रहेको नेपाली जनप्रगतिशिल मञ्च युके बिप्लब नेतृत्वको नेकपामा समाहित हुने


लण्डन, १९ अप्रिल २०२४, नेपाली जनप्रगतिशिल मञ्च युके बिप्लब नेतृत्वको नेकपामा समाहित हुने भएको छ।

मञ्चको पूर्ण बैठकले ‘नेपाली बिशेषता सहितको बैज्ञानिक समाजवाद’ प्राप्त गर्नका निम्ति नेपाली राजनीतिमा बिप्लब नेतृत्वको नेकपा मात्रै एक बिकल्प भएको निष्कर्ष निकालेको मञ्चका अध्यक्ष नबिन स्याङतानले बताए।

बिप्लब अहिले समाजवादी मोर्चाका संयोजक छन्। बिप्लबले नयाँ बर्ष २०८१ को शुभकामना सन्देशमा मञ्चका सदस्यहरुलाई सम्बोधन गर्दै नेपालका तमाम समस्याहरुलाई हल गर्नका निम्ति केहि सिकि आफ्नै देश फर्कन आह्वान गरेका थिए। त्यस भिडियो सन्देश पश्चात मञ्चमा एउटा उत्साह र ऊर्जा थपिएको भन्दै मञ्चका उपाध्यक्ष तथा सङ्गठन- समन्वय बिभाग प्रमुख बृजम राई खुशी ब्यक्त गर्छन्। त्यस्तै गरि चर्चित कलाकार तथा नेकपाका नेता माईला लामाले पनि भिडियो सन्देश पठाउँदै मञ्चका सदस्यहरुलाई एकताबद्द हुन आह्वान गरेका थिए।

मञ्चमा शिक्षित र बौद्धिक युवाहरुको जमात रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button