समाचार
Trending

चुम्लुङ पूर्व अध्यक्ष एवम् लेखक याक्थुम्वाकाे निधन

२९ अक्टोबर, ललितपुर । किरात याक्थुङ चुम्लुङ पूर्व केन्द्रीय अध्यक्ष एवम् लेखक मञ्जुलकुमार सिंह याक्थुम्वा(फाेम्वाे)काे निधन भएको छ । चुम्लुङका सङ्घीय सल्लाहकार र पूर्व प्रशासक समेत रहेका याक्थुम्वाकाे उपचारका क्रममा आइतबार ह्याम्स हस्पिटल घुम्बाराही काठमाडौँमा ८८ बर्षको उमेरमा निधन भएको हाे ।

याक्थुङ लिम्बु समुदायका पहिलो प्रमुख जिल्ला अधिकारी याक्थुम्वा ललितपुरमा बस्दै आएका थिए । उनी याक्थुङ समुदायको जातीय सामाजिक संस्था कियाचुकाे तेस्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए । जसले २०५१ बाट २०६३ सम्म संस्था प्रमुख भएर सबैभन्दा लामाे कार्यकाल सेवा गर्ने अध्यक्ष भए ।

चुम्लुङले प्रदान गर्ने रत्नशोभा शुभ लक्ष्मी मुन्धुम पुरस्कार संस्थापक रहेका याक्थुम्वा किरात समन्वय समितिका संस्थापक संयोजक थिए । उनी फक्ताङलुङ सयङका संस्थापक सल्लाहकार थिए । उनका ‘मौलिक किरात धर्म- संस्कार’ (२०६२), ‘किरात तीर्थस्थल सानो हातिवन’ (२०६६), ‘मुन्धुम र मिथकहरू’ (२०७०) र ‘को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म ?’ (२०७५) आदि पुस्तकका याक्थुम्वाकाे जन्म वि.सं. १९९ ज्येष्ठ २३ गते बुधबारका दिन ललितपुरकाे तिखेदेवलमा भएको थियोे ।

याक्थुम्वाकाे निधनले सिङ्गाे याक्थुङ समुदायमा अपूरणीय क्षति पुगेको कियाचुका अध्यक्ष प्रेम येक्तेनले बताए । उनका अनुसार याक्थुङ्वाकाे आइतबार नै पशुपति घाटमा अन्त्येष्टि गरिने जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button