समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ, १३ कात्तिक : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज दिउँसो सुरु भएको हो ।

सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उहाँको स्थानमा कसलाई पठाउने भन्ने बारेमा छलफल भइरहेको छ ।

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि समीक्षा भइरहेको छ । जसपाले गत भदौदेखि तीन महिने सङगठन विस्तार तथा सुदृढीकरण अभियान अभियान सञ्चालन गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button