मनोरञ्जन

गायक किसन राईको ‘यो मन मेरो दोमन भो’ सार्वजनिक

२२ नाेभेम्बर,  लन्डन । गायक किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीत किसन राई अफिसियलबाट भिडियो सार्वजनिक भएको हो ।

भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषयवस्तु बनाइएको छ ।

गायक किसन राई बेलायत (गोर्खा) सेनामा बिगत लामो समयदेखि सेवारत छन्, उनको पहिलो गीती एल्बम ‘जून’ सन् २००४ मा बजारमा निस्केकाे थियो । गायक बेलायतमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नको साथै सामाजिक अभियन्ताका रूपमा पनि सक्रिय छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहाेस् –

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button