समाचार

याक्थुङ समुदायले पुर्ख्याैली भूमिप्राप्तिका लागि मुद्दा दायर गर्ने

१४ डिसेम्बर, विजयपुर । पूर्वी भूभागमा बसोबास गर्दै आएको याक्थुङ लिम्बु समुदायले परम्परागत प्रथाजनित पुख्यौली भूमि फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठकले सो लगायत ५ बुदे निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अवगत गराएको हो । धरान सुनसरीमा लिम्बू थरगत सस्था(याक्थुङ सयङ) मूल अभियान समितिको आयोजनामा भएको भेलाको निष्कर्ष छ, `याक्थुङ र लिम्बुहरूको परम्परागत प्रथाजनित पुख्यौली भूमी फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्धा दायर गर्ने र सोको लागि एक लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गर्ने।´

मङ्सिर २३ र २४ गते भएको याक्थुङहरुको १ सय १९ थरगत भेलाले परम्परागत प्रथाजनित पुर्खौली भूमिको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था चुम्लुङ पुनर्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर्फ पहल कदमी लिइने निर्णय गरेको छ । त्यसैगरी याक्थुङ लिम्बुहरूको साँस्कृतिक स्थल, ऐतिहासिक स्थल, मुन्धुमी आस्थाको स्थल, चिहान, वन, चरन, खर्क, परम्परागत प्रथाजनित पुख्यौली भूमि माथि नियन्त्रण र उपभोग गर्ने, अविलम्ब स्थान नाम सच्याउदै लैजाने र सम्बन्धित निकायमा अभिलेखिकरण गराइने भएको निर्णय गरेको छ ।

एक नम्बर प्रदेशको नाम कोशी अस्वीकार गर्ने सो नाम खारेजी गर्नु पर्ने, प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात पुनः नामाङ्कन गरिनु पर्ने र कोशी नाम खारेजी र पुनःनामाङ्कनका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संङ्घर्ष समितिले गरेका निर्णयहरूलाई आत्मसात गर्ने निर्णय गरेको छ ।

भेलाले एक महिला एक पुरूष गरी प्रत्येक थरगत संस्थाबाट दुईजना रहने गरी हाललाई २ सय ५६ सदस्यीय लिम्बु थरगत संस्था मूल अभियान समिति पुनर्गठन गरेको छ । बैठकले १० वटा थुमबाट एक एक जना प्रतिनिधि रहने गरी १८ जनाको सहजिकरण समूह (सचिवालय) गठन गर्ने समेत निर्णय गरेको याक्थुङ सयङ्का नरप्रसाद लुम्फुङ्वाले जनाए । `उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं।´ भन्ने  नाराको साथ भएको भेलालाई २०२५ सालमा भएको छक्क्लिटार भेलामा सहभागी शेर बहादुर इङ्नाम, प्रेमभक्त तुङ्खेवा र ललित बहादुर सोदेम्बाबाट मुन्धुमी बिधिबाट कार्यक्रम उदघाटन गरेका थिए । भारतको डुअर्स,  दार्जिलिङ र नेपालका ५ सय ५० प्रतिनिधिहरु भेलामा सहभागिता जनाएको थियोे । पहिलो दिन परम्परागत प्रथाजनिक पुर्खौली भूमिमा नियन्त्रण र व्यवस्थापन सहित स्वशासन, स्वायत्तता र याक्थुङ साम्सद तथा विधान र संविधान बारेमा नन्द कन्दङ्वा र यूएन स्पेशल रापोर्टरको नेपालमा भएको प्राग्यिक भ्रमण बारे  अधिवक्ता शङ्कर लिम्बुले सहजीकरण गरेका थिए । दोस्रो दिन याक्थुङ सयङ र सहजीकरण समूहको पुनर्गठन, प्रदेश कोशी नाम खारेजी आन्दोलनमा सहभागिता, प्रतिज्ञा घोषणा पत्रलगायत विषयमा छलफल भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button