साहित्य सिर्जना

पाेयट्री पार्टीमा कुर्लिए कविहरू

१८ डिसेम्बर, विजयपुर । धरानलाई कला, साहित्य र बहुसँस्कृतिकाे सहर पनि भनिन्छ । कवि, साहित्यकारहरू जन्माएको प्राचीन नगरी विजयपुर पछिल्लो समय पुनः जाग्दैछ ।

कलरव धरानले करिब छ वर्षपछि पुनः ‘पाेयट्री पार्टी’ आयोजना गरेर दर्जन बढी कविहरूलाई उतारेकाे थियोे । शनिबार बराह किचनमा भएको कार्यक्रममा १९ कविहरूले कविता, गजल र मुक्तक सनाए । जसमा सुदीप पाख्रिनले ‘बोध-१६’, इन्दु योञ्जनले ‘टाऊको’, अघोरी चैतन्येश्वर चण्डीले ‘संसार रूख’, चन्द्र गुरूङले ‘बतास’, परिक्रमा श्रेष्ठले ‘हावा’, विशाल नाल्वोले ‘जब’ र अन्य दुई कविता पाठ गरे । त्यस्तै, कवि अमित थेवेले ‘मेन्छ्यायेम माया’, रङ्गकर्मी मिलन चाम्लिङले ‘तिम्रो आगमन’, हिक्मत कार्कीले ‘कविताको मृत्यु’, मणि राई गोठालेले ‘म कवि हुँदै होइन’, करूणा राईले ‘जुत्ता’, दीपा मंग्रातिलु ‘हुरी’, दीपा लुइँटेलले ‘नेपाल आमाको गुनासो सहिदसँग’, सुप्रिया राईले ‘समयको खेल’, पराजित पोमुले ‘पदचाप’, वीरेन सुब्बाले ‘आकृति’, विशाल भट्टराईले ‘शीतलता’ सुनाए ।

पाेयट्री पार्टीमा सहभागी कविहरू ।

विजयपुर एफएम मिडिया पार्टनर रहेको कार्यक्रममा टीभी पत्रकार सुम्निमा चाम्लिङ, चित्रकार विसन परियार,साहित्यकला प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ प्रयासकाे समेत उपस्थिति रहेको थियोे । कवि इन्दु योन्जनले सञ्चालन गरेको कार्यक्रममा वाचन गरिएका कवितामाथि कवि पराजित पाेमुले टिप्पणी गरेका थिए । समीक्षा गर्ने क्रममा इतर कवि पाेमुले साहित्य लेखनमा अनुभूतिजन्य लेखनको अहम स्थान भएको बताए । उनले अनुभूतिसँगै समाज निर्माणका लागि विचार र दर्शन पनि आउनुपर्ने बताए ।

पोयट्री पार्टीको अवधारणाबारे संस्थापक सुदीप पाख्रिनले बाेले । उनले हरेक महिनाको अन्तिम शनिवार श्रङ्खलालाई नियमित रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button