स्थानीय

धनकुटामा सकियो यो बर्षको धान थन्क्याउने काम(भिडियो सहित)

धनकुटा । धनकुटामा यो बर्ष धान थन्याउने काम सम्पन्न भएको छ । मंसिर लागेसँगै किसान धान थन्क्याउन सुरु गरेका थिए । यो क्रम पुसको पहिलो साता सम्म हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

यो बर्ष कामदार अभाबको कारण धान थन्क्याउन समस्या भएको कृषकको गुनासो छ । पहिले पहिले गाँउघरमा प्रशस्त कामदार पाईने अर्मपर्म चल्ने भएपनि पछिल्लो समय पाउन छाडेको हो ।

धनकुटामा गत वर्ष १३ सय ८५ हेक्टरमा ६ हजार २ सय ३३ मेट्रिक टन धान उत्पादन भएको थियो । यो बर्ष गत बर्षको तुलनामा करिब १० प्रतिशत क्षेत्रफलमा धान खेती गरिएको छ । त्यस्तै यो बर्ष १० प्रतिशतको हाराहारीमा उत्पादन बढेको आकलन गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताउनु भयो ।

जिल्लामा सबैजसो ठाउँमा सिंचाईको प्रयाप्त व्यवस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । यसवर्ष समयमै पानी नपर्दा र रोग किराको कारण उत्पादन कम हुने आकलन गरिए पनि अहिले आएर उत्पादन राम्रो भएको प्रमुख रानाको दाबी छ ।

जिल्लामा रञ्जित, पोखरा, मसिनो, हंसराज, लामे लगायत जातका धान खेती हुने गरेको छ। हाइब्रिड जातका धानको पनि खेति हुने गरेको छ । यहाँ उत्पादन हुने धानले जिल्लाको करिब पचास प्रतिसत माग धान्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button