समाचार

नेकाकाे दाेस्राे प्रादेशिक अधिवेशन पुस अन्तिममा हुँदै

जनवरी ५, धरान । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ(नेका) प्रदेश एककाे अधिवेशन पुस अन्तिममा हुने भएको छ । यहीँ आउँदो पुस २८ गते इटहरीमा दाेस्राे अधिवेशन तथा साधारणसभा हुने भएको हाे ।

प्रदेश एकमा रहेका २५ संस्थाहरूकाे सहभागिता अधिवेशन हुन लागेको नेकाका प्रदेश एक अध्यक्ष माेहन तिगेलाले बताए । उनले दिउँसो तीन बजे साेल्टी वेस्टएन्डमा सुरु हुने अधिवेशनमा झापा, माेरङ, सुनसरीबाट करिब ५० जना सहभागी जनाए ।

त्यसैगरी, साेही दिन बिहान नेकाकै आयोजनामा एकदिने सार्वजनिक भाषणकलाबारे तालिम हुने भएको छ । प्रदेश सदस्य सन्ताेष कुरुम्वाङका अनुसार बिहान ८ बजे हुने तालिममा पूर्व मिस नेपाल एवम् मिडियाकर्मी माल्भिका सुब्बाले तालिम दिने र नेकाका सदस्यहरूकाे सहभागिता रहने उल्लेख गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button