समाचार

कियाचु लिम्बु साँस्कृतिक परिषद अध्यक्षमा सागर केरुङ

१० जनवरी, विजयपुर । किरात याक्थुङ चुम्लुङको विषयगत सङ्गठन लिम्बु साँस्कृतिक परिषदकाे अध्यक्षमा चलचित्रकर्मी सागर केरुङ निर्वाचित भएका छन् । बुधबार धरानमा सम्पन्न परिषदकाे चौंथो राष्ट्रिय महाधिवेशनले केरुङलाई निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित गरेको हाे ।

याक्थुङ चुम्लुङ्हिममा महाधिवेशनले केरुङकाे अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङवाङ, महासचिवमा कञ्चन थलङ, कोषाध्यक्षमा उदय बेघा छन् । त्यस्तै, सदस्यहरुमा दिलु सुब्बा, चइनध्वाेज फोम्वाे, डी.आर. हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पा चोङवाङ र डिक बहादुर थोक्लेन छन् । रिक्त रहेका केही पदाधिकारी र सदस्यहरू आगामी बैठकले मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष केरुङले बताए । निर्वाचन मण्डलकाे संयाेजकमा चुम्लुङ संस्थापक नरप्रसाद लुम्फुङ्वा र सदस्यहरूमा चन्द्रमाया माबाे र शिव इस्वाे रहेका थिए ।

कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख आतिथ्यमा भएको महाधिवेशन निर्वतमान अध्यक्ष गाेविन्द आङबुङकाे अध्यक्षतामा भएको थियोे । महाधिवेशनलाई सम्बाेधन गर्दै याक्थुङ कलाकारहरू समेत पहिचानको आन्दोलनमा डटेर लाग्नुपर्ने भन्दै काेशी नामकरण आन्दोलनमा निष्कर्षमा पुर्‍याएरै छाड्ने धारणा राखे । खुला सत्रलाई निवर्तमान उपाध्यक्ष महेश्वर हुक्पा चाेङवाङले सञ्चालन गरेका थिए । बन्द सत्रमा जिल्ला समितिहरू र केन्द्रीय समितिले प्रगति प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button