विशेष सम्पादकीय

विशेष सम्पादकीय: नेपालीसमाचारडटकमले १४ औं बर्षमा प्रवेश गरेको अवसरमा शुभ कामना

१४ अप्रिल २०२२ ।

आदरणिय पाठक, शुभचिन्तक तथा सहयोगी गण,
सर्वप्रथम नेपालीसमाचारडटकमले १३ बर्ष पूरा गरि १४ औं बर्षमा प्रवेश गरेको शुभ अवसर तथा नयाँ बर्ष २०७९ को अवसरमा यहाहरु सबैलाई हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।

यस नेपालीसमाचारको उद्देश्य अन्य मिडियाले नसमेटेका समाचार समेटनु र अन्यले नउठाएको विषयबस्तु उठान गर्नु रहेकोले आफ्नो उद्देश्य प्राप्तिमा निरन्तर अगाडी बढि रहेको घाम जस्तै छर्लङ्गै छ । यहा सम्म आउनको निमित्त साथ, सहयोग, हौसला र उत्साह प्रदान गर्नुहुने सबैमा पुनः आभार ब्यक्त गर्दछौ ।

हामीले १४ मार्च २००९ कै दिन नेपालीसमाचार डटकम को शुरूवात गरेका थियौ भने १३ अक्टोबर २०११ (२६/०६/२०६८) का दिन काठमाडौ जिप्रकामा प्रिन्ट साप्ताहिकको रूपमा दर्ता गरेका थियौ र २१ अगष्ट २०१२ मा साप्ताहिक पत्रिकाको स्थायी प्रमाणपत्र प्राप्त गरेको हौ ।

हामी हाम्रो लक्ष्य प्राप्तिमा निरन्तर लाग्दैगर्दा हामीले यस नेपालीसमाचारलाई विज्ञापन रहित बनाउदै आएका छौ र हामी निरन्तर बषौबर्ष यहाहरुको सेवामा लाग्ने पनि प्रतिबद्धता ब्यक्त गर्दछौ । यहाहरुको सल्लाहसुझावको अपेक्षा राख्दै विगतमा झै निरन्तर साथ सहयोगको आस राख्दै १४औं बर्ष गाँठको ठिक एक महिना पछाडी पर्न गएको विक्रम संवतको नयाँ बर्ष २०७९ को सबैमा शुभ कामना ।

धन्यवाद ।

विश्वास दीप तिगेला
प्रकाशक/प्रधान सम्पादकः नेपाली समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button