समाचार

इजरायलबाट उद्धार गरिएका २५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरि २५४ जना नेपालीलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए ।

निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो ।

फर्कनेहरुमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button